प्रदेश तथा जिल्ला कार्यसमिति

नेपाल बीउ व्यवसायी संघले ७ वटै प्रदेशमा प्रदेश कार्यसमितिहरु गठन गरि संघले नियमित रुपमा गर्दै आएको क्रियाकलापहरुलाई निरन्तरता दिईरहेको छ । प्रत्येक प्रदेश कार्य समितिमा १५ जनाको कार्यसमिति गठन गरिएको छ भने जिल्ला समन्वय समितिमा ७ देखि ११ जनासम्मको कार्य समिति गठन गरिएको छ । संघले हालसम्म ३४ जिल्लाहरुमा “जिल्ला समन्वय समिति” गठन गरिसकेको छ भने प्रदेश स्तरीय कार्यसमितिहरु तपसिलमा उल्लेखित महानुभावहरुको अध्यक्षतामा गठन गरिएको छ ।

क्र.सं.  
   नाम थर       
  पद 
प्रदेश नं.   
 प्रदेश कार्य समिति
गठन मिति   
कैफियत
श्री हरि प्रसाद भट्टराई
अध्यक्ष
२०७४÷११÷०५
श्री सुनिल कुमार साह
अध्यक्ष
२०७४÷११÷२१
श्री मणिदेव भट्टराई
अध्यक्ष
२०७४÷११÷०६
श्री कुल प्रसाद सुवेदी
अध्यक्ष
२०७४÷११÷१९
श्री राम प्रसाद भट्टराई
अध्यक्ष
२०७४÷११÷०५
श्री डिल्ली प्रसाद पाण्डे
अध्यक्ष
कर्णाली प्रदेश
२०७४÷११÷०६
श्री लोकराज जोशी
अध्यक्ष
 २०७४÷११÷१२

प्रदेश नं. १ मा ताप्लेजुङ, तेह्रथुम, पांचथर, ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र संखुवासभा गरी १४ वटा जिल्लाहरु समेटिएका छन् भने ती जिल्लाहरुमा व्यवसाय सञ्चालन गर्न ईजाजत प्राप्त बीउविजन व्यवसायीहरुलाई एकतावद्ध गर्नको लागि प्रदेश स्तरीय कार्य समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । श्री हरिप्रसाद भट्टराईज्यूको अध्यक्षतामा प्रदेश स्तरीय कार्य समिति गठन गरिएको छ ।

त्यसै गरी प्रदेश नं. २ मा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी गरी ८ वटा जिल्लाहरु समेटेर प्रदेश स्तरीय कार्यसमिति गठन गरिएको छ भने उक्त ८ जिल्लामा रहेका बीउ व्यवसायीहरुलाई एकतावद्ध गर्ने कार्य प्रदेश कार्यसमितिले गर्ने छ । श्री सुनिल कुमार साहज्यूको अध्यक्षतामा प्रदेश स्तरीय कार्यसमिति गठन गरियो ।

यसै क्रममा प्रदेश नं. ३ मा चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी १३ वटा जिल्लाहरु समेटेर प्रदेश स्तरीय कार्य समिति गठन गरिएको छ । यस क्षेत्रमा छरिएर रहेका बीउ व्यवसायीहरुलाई एकतावद्ध गर्ने कार्य प्रदेश स्तरीय कार्य समितिले गर्ने छ भने श्री मणिदेव भट्टराईज्यूको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ ।

त्यसै गरी ४ नंं प्रदेशमा मुस्ताङ, मनाङ, गोरखा, लम्जुङ, तनहुं, नवलपरासी पूर्व, स्याङजा, कास्की, बाग्लुङ, पर्वत र म्याग्दी गरी ११ जिल्लाहरु समेटिएका छन् । यस प्रदेशमा रहेका बीउ व्यवसायीहरुलाई एकतावद्ध गर्ने कार्य ४ नं. प्रदेश स्तरीय कार्यसमितिले गर्ने छ भने श्री कुल प्रसाद सुवेदीज्यूको अध्यक्षतामा प्रदेश स्तरीय कार्यसमिति गठन गरिएको छ ।
यसै सिलसिलामा ५ नंं. प्रदेशमा बर्दिया, बांके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखांची, गुल्मी, बाग्लुङ, रुकुम पूर्व, रोल्पा र प्युठान गरी १३ जिल्लाहरु समेटिएका छन् भने श्री रामप्रसाद भट्टराईज्यूको अध्यक्षतामा प्रदेश कार्यसमिति गठन गरिएको छ ।

कर्णाली प्रदेशमा १० वटा जिल्लाहरुलाई समेटेर प्रदेश कार्य समिति गठन गरिएको छ जसमा हुम्ला, मुगु, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, डोल्पा, सुर्खेत र सल्यान पर्दछन् । श्री डिल्लीप्रसाद पाण्डेज्यूको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ ।

नेपालको सुदूर पश्चिम भनेर चिनिने प्रदेश नं. ७ मा ९ जिल्लाहरु समेटिएका छन् जसमा दार्चुला, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र वैतडी रहेका छन् । यस प्रदेश कार्य समिति श्री लोकराज जोशीज्यूको अध्यक्षतामा गठन गरिएको छ ।