बीउविजन आयातकर्ताहरुको वृहत अन्तरक्रिया गोष्ठी सम्पन्न

नेपाल बीउ व्यवसायी संघको आयोजनामा बीउविजन आयातकर्ताहरुको वृहत अन्तरक्रिया गोष्ठी २०७५ साल वैशाख २९ गते कलंकी, काठमाण्डौंमा विविध विषयमाथि छलफल गरी सम्पन्न भयो । उक्त अन्तरक्रिया गोष्ठीमा १८ जना बीउविजन आयातकर्ताहरुको उपस्थिति रहेको थियो भने उक्त अन्तरक्रिया गोष्ठीबाट देहाय वमोजिम निर्णयहरु गरियो ।

१. दर्ता प्रकृयालाई सरल, सहज र व्यवहारिक बनाईनु पर्ने ।
२. खाद्यान्न र तरकारीको दर्ता प्रकृया अगल÷अलग तरीकाले गरिनु पर्ने ।
३. द्रुत गति ९ँबकत त्चबअप० मा जात दर्ता प्रकृया अवलम्वन गरिनु पर्ने ।
४. वाली र जातहरुलाई किन र कसरी म्भ(लयतषष्भम गरिएको हो सो को स्पष्टता हुनु पर्ने ।
५. नतिजा प्रदर्शनवाट सवै किसिमले महत्वपूर्ण ठानिएका जातहरुलाई दर्ता गरिनु पर्ने ।
६. जसको नाममा वाली÷जात दर्ता गरिएको हो उसैलाई मात्र आयात गर्ने ईजाजत दिईनु पर्ने ।
७. जात दर्ता उपसमिति र प्राविधिक उपसमितिका वैठकमा आयातकर्तालाई सहभागी बनाई आफनो भनाई स्पष्टतापूर्वक राख्ने अनुकुलता प्रदान गरिनु पर्ने ।
८. तरकारी बीउको दर्ता आयातकर्ताको आफनो नतिजा प्रदर्शनका आधारमा तथा स्वयम आयातकर्ताको जिम्मेवारी÷जवाफदेहितामा गर्न पाउने वातावरणको विकास गरिनु पर्ने ।
९. आयात सम्वन्धी विषयमा छलफल, विचार विमर्श, गुनासो र सुझाव तथा सल्लाह लिन वा दिन एक आयात उपसमिति गठन यो भन्दा अघिल्लो कार्य समितिले पनि गरेको थियो भने आगामी समयमा पनि गरिने छ ।
१०. नेपाल बीउ व्यवसायी संघलाई अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने ।