
नेपाल बीउ व्यवसायी संघको आयेजना तथा नेपाल सिड एण्ड फर्टीलाईजर प्रोजेक्ट को आर्थिक सहयोगमा मिति २०७५÷०८÷२६ चिसापानी कैलालली र मिति २०७५÷०८÷ २९ बुटवल रुपन्देहीमा प्रदेश ५, कर्णाली अन्तरगतका १८ जिल्लाहरुबाट त्रमश २६ र २८ जना बीउ व्यवसायीहरुलाई एक दिने बीउ व्यवसाय व्यबस्थापन तालिम सन्चालन गरिएको थियो ।
उक्त तालिममा नेपाल सीड एण्ड फर्टीलाईजर प्रोजेक्टका व्यवसाय विकास विज्ञ डा। नारायण प्रसाद खनाल, नेपाल बीउ व्यवसायी संघका अध्यक्ष श्री लक्ष्मीकान्त ढकाल, बरिष्ठ उपाध्यक्ष श्री मणिदेव भट्टराई, महा सचिव बसन्त चन्द्र मरहट्टा, कार्यक्रम संयोजक श्री लाल प्रसाद आचार्य,व्यवस्थापक रहेका थिय ।
तालिमका विषय वस्तु विशेष गरि बीउ उत्पादन प्रविधी, नेपालमा बीउको गुणस्तर नियन्त्रण पद्दती बीउ बिजन ऐन नियम, बीउ भण्डार व्यवस्थापन,, नेपालमा वीउ उत्पादन अवस्था , चुनौति, सम्भावना, हालको अवस्था भन्ने विषयमा व्यापक छलफल गरिएको थियो ।
तालिम समापन समारोहमा यो तालिमलाई अझ व्यवहारिक बनाउन तालिम कार्यक्रमलाई निरन्तरता दिईनु पर्ने, शैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा जोड दिईनु पर्ने भन्दै तालिम अत्यन्त व्यवहारिक, प्रशिक्षकव्दारा कुशलतापुर्वक प्रशिक्षण दिनु भएकोमा मुग्ध कण्ठले सराहना गर्दै तालिम कार्यक्रम समान गरियो