
किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम र कृषि उद्यम केन्द्रको आर्थिक सहयोग तथा नेपाल बीउ व्यवसायी संघको आयोजनामा कर्णाली प्रदेशको सल्यान जिल्लाको श्रीनगरमा बीउ उत्पादन तथा बजारीकण अन्तरक्रिया गोष्ठी शारदा नगरपालिका, सल्यानका उपप्रमुख श्री सावित्रा बस्नेतज्यूको प्रमुख आतिथ्यता र नेपाल बीउ व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री लक्ष्मीकान्त ढकालज्यूको अध्यक्षतामा मिति २०७६÷०३÷०५ गते सम्पन्न भएको छ ।
सहभागीहरुको आसनग्रहण पश्चात संघका वरिष्ठ उपाध्यक्ष श्री मणिदेव भट्टराईज्यूले सहभागीहरुलाई स्वागत मन्तव्य र कार्यक्रमको उद्देस्यहरु बारे प्रकाश पार्नुभएको थियो भने राष्ट्रियगान, सहभागीहरुको परिचय पश्चात गोष्ठीका प्रमुख अतिथि शारदा नगरपालिका, सल्यानका उपप्रमुख श्री सावित्रा बस्नेतज्युले अन्तरक्रिया गोष्ठीको विधिवत रुपमा समुद्घाटन गरी कार्यक्रम सञ्चालन गरिएको थियो । यस गोष्ठीमा तीनवटा कार्यपत्रहरु प्रस्तुतीकरण गरी सहभागीहरुबाट उठेका जिज्ञासाहरुलाई कार्यपत्र प्रस्तुतकर्ताले स्पष्ट पार्नुभएको थियो ।
कार्यपत्र प्रस्तुतीकरण पश्चात सहभागीहरुबाट उत्साहका साथ छलफलमा भाग लिनुभएकोे थियो । मुख्य सवालहरुमा, गुणस्तर बीउ उत्पादन र बजारको सुनिश्चितता र स्थानीय बीउ व्यवसायीहरुको बजारीकरणमा गर्नुपर्ने भूमिका, बीउ उत्पादन प्रवर्धनमा स्थानीय निकायको जिम्मेवारी, मुनाफा प्रतिशतको तुलनामा बैंक ब्याज दर बढी भएको, आयोजना समाप्ति पश्चात के हुने, वर्णसंकर जातप्रति कृषकहरुको आकर्षण बढिरहेकोसम्बन्धी सवालहरुमा कार्यपत्र प्रस्तोताहरुले जवाफ दिनुभएको थियो ।
छलफल कार्य सकिए पश्चात कार्यक्रम समापन समारोहमा मुख्य अतिथि श्री सावित्रा बस्नेतज्यूले यस गोष्ठीको छलफलबाट मलाई बीउ उत्पादनका विषयबस्तु बुझ्ने अवसर दिनुभएकोमा आयोजकलाई धन्यवाद दिदै उत्पादन र बजारको सुनिश्चितता हुने वातावरण बनाउन आवश्यक छ । यसका लागि स्थानीय सरकार आफैं स्रोतको सिमामा रही काय गर्न सदैव तयार रहेको जानकारी गराउनुभएको थियो भने गोष्ठीका सभाध्यक्ष श्री लक्ष्मीकान्त ढकालज्यूले प्रदेश नं. ५ खासगरी तरकारी बीउ उत्पादनमा अग्रस्थानमा भएको हुंदा सबै सरोकारवालाले बीउ प्रवद्र्धनमा वातावरण बनाउन पहल गरिनुपर्छ भन्दै सबै सहभागीहरुला