
प्रदेश नं. ५ को बुटवलमा मिति २०७६÷०३÷०६ मा एक दिने बीउ बजारीकरणमा नियमन तथा नीतिगत समस्या समाधानसम्वन्धी अन्तरक्रिया गोष्ठी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव श्री वैकुण्ठ अधिकारीज्यूको प्रमुख आतिथ्यता र नेपाल बीउ व्यवसायी संघका अध्यक्ष श्री लक्ष्मीकान्त ढकालज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । यस गोष्ठी सन्चालनमा आर्थिक सहयोग दिने संस्थाहरुमा किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम र कृषि उद्यम केन्द्र थियो भने आयोजक संस्था नेपाल बीउ व्यवसायी संघ, केन्द्रीय कार्यलय, कलंकी काठमाडौ रहेको थियो ।
यस अन्तरक्रिया गोष्ठीमा विशिष्ठ अतिथिहरुमा श्री कौशलकुमार पौडेल, कार्यक्रम संयोजक, के.यु.बि.के., श्री मित्रराज दवाडी, राष्ट्रिय बीउ बिजन समिति सदस्य तथा संघका निवर्तमान अध्यक्ष रहनुभएको थियो । यस गोष्ठीमा राष्ट्रिय गहु बाली अनुसन्धान कार्यक्रम भैरहवाका प्रमुख श्री शेषरमन उपाध्याय, बीउ बिजन प्रयोगशालाका प्रमुख श्री तेजनारायण गैरे, कृषि विकास निर्देशनालय, भैरहवाका वरिष्ठ बाली अधिकृत श्री दीपक सापकोटा, कृषि उद्यम केन्द्रका कार्यक्रम संयोजक डा. दिनेशप्रसाद पराजुली, विभिन्न कार्यालयका पदाधिकारीहरु, किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने बीउ उत्पादक कृषकहरु, गैह« सरकारी संस्थाका प्रतिनीधिहरु र बीउ व्यवसायीहरु (उत्पादक, बिक्रेता तथा बीउ आयातकर्ता) गरी जम्मा ४२ जना सहभागिहरुका उपस्थिती रहेको थियो ।
सहभागीहरुको आसन ग्रहण पश्चात सभाका सभाध्यक्ष एवं संघका बरिष्ठ उपाध्यक्ष श्री मणिदेव भट्टराईज्युले सहभागीहरुलाई स्वागत मन्तव्य र कार्यक्रमको उद्देस्यहरु बारे प्रकाश पार्नु भएको थियो भने राष्ट्रियगान, सहभागहिरुको परिचय पश्चात गोष्ठीका प्रमुख अतिथि श्री बैकुण्ठ अधिकारीज्युबाट अन्तरक्रिया गोष्ठी कार्यक्रमको बिधिवत रुपमा समुद्घाटन गरी कार्यक्रम सञ्चालन भएको थियो । यस गोष्ठीमा तीनवटा कार्यपत्रहरुको प्रस्तुतीकरण पश्चात कार्यपत्रहरु माथि सहभागीहरुबाट उठेका जिज्ञासाहरुलाई प्रस्तुतकर्ताले विषयवस्तुबारे स्पष्ट पार्नु भएको थियो ।
कार्यपत्र प्रस्तुतीकरण पश्चात सहभागीहरुबाट उत्साहका साथ छलफलमा भाग लिनुभएको र सहभागीहरुबाट उठेका जिज्ञासाहरुमा कार्यपत्र प्रस्तोताहरुले जवाफ दिनुभएको थियो । जस्मा नियमनकारी निकायहरुले बीउ बिजन गुणस्तर नियन्त्रणमा विशेष ध्यान पु¥याउन आवश्यक छ । साथै, नियमन तथा नीतिगत समस्याहरुलाई आवश्यक परिमार्जन गरी व्यवसायीमैत्री नीति नियम निर्माण भएमा निजी क्षेत्रले गुणस्तर आपूर्तिमा अग्रणि भूमिका खेल्न सक्ने छ । फलस्वरुप कृषकको आयस्तर वृद्धि हुने भनाई सहभागीहरुको रहेको थियो । जिल्लाबाट प्रतिनिधित्व गर्ने बीउ उत्पादक कृषकहरु आयोजना समाप्ति पश्चात समूह सहकारी तथा कम्पनीहरुको सवलीकरण कसरी हुने सम्बन्धी जिज्ञासा रहेको थियो । नियमन तथा नीतिगत समस्याहरुमा संघीय, प्रदेश, तथा स्थानीय सरकारले समन्वयात्मक तवरले व्यवसायीमैत्री वातावरण निर्माण गरेमा मात्र निजी क्षेत्रले सदैव कृषकको हकहितमा नयां प्रविधि विस्तारको साथै गुणस्तर बीउ आपूर्तिमा योगदान दिनसक्ने निजी क्षेत्रका बीउ व्यवसायीहरुले सुझाव दिनुभएको थियो ।
किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमका कार्यक्रम संयोजक श्री कौशलकुमार पौडेलज्यूले आयोजना समाप्ति पश्चात कार्यक्रमले दिएको योगदानबाट गुणस्तर बीउ उत्पादन गर्ने उत्पादकहरुलाई प्रदेश तथा स्थानीय सरकारले जिल्लामा रहेका सवल समूह, सहकारीहरु र बीउ व्यवसायी बिच समन्वयकारी भूमिका निभाई सहज बीउ बजारीकरण हुनेछ तर व्यवसायमा सबै सरोकारवाला इमान्दार हुनुपर्दछ भन्ने भनाई राख्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि श्री वैकुण्ठ अधिकारीज्यू, सचिव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ ले यो प्रदेश बीउ उत्पादनमा अग्रस्थानमा रहेको साथै ठूलो संभावना पनि रहेको हुंदा नीतिगत तथा संरचना निर्माण भईरहेको अवस्थामा रहेको छ, भन्नु भयो । यस छलफल कार्यक्रमबाट किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम एक सफल आयोजना भएको हुदा यसको अपनत्व लिन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको साथै निजी क्षेत्रसमेत तयार रहेको र प्रदेशको कृषि रणनीति बनाई अगाडि बढिरहेको कुरा पनि वताउनु भयो । संविधानत तीन खम्वे नीति (सरकारी, सहकारी र निजी क्षेत्र) भएको हुंदा प्रदेश सरकारको कार्यक्रम सन्चालन तथा नीति नियम निर्माणमा निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको छ भन्ने भनाई राख्नु भएको थियो । अन्तमा, गोष्ठीका सभाध्यक्ष श्री लक्ष्मीकान्त ढकालज्यूले बीउ के हो ? कसरी संरक्षण गर्नुपर्दछ ?, गुणस्तर बीउको प्रयोगमा बृद्धि, आयात प्रतिस्थापन गर्नको लागि सबै सरोकारवालाहरु बीउ प्रवद्र्धनमा जोड दिन सकिएमा मात्र देश सम्बृद्ध हुनसक्ने भनाई राख्दै कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबै सहभागीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नुभएको थियो ।
यस विचार गोष्ठीमा बीउसंग सरोकार राख्ने निकायहरु (सरकारी, बीउ व्यवसायी, अनुसन्धानकर्ता, नियमनकारी निकाय र बीउ उत्पादक कृषक) गरी ४२ जनाको सहभागिता रहेको थियो । यस विचार गोष्ठीबाट प्रदेश नं. ५ बीउ उत्पादनमा अग्रस्थान अगोटेको र निजी क्षेत्रसमेत अगाडि बढिरहेको अवस्था रहेको छ । किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमले सञ्चालन गरेका सफल बीउ उत्पादन कार्यक्रमलाई आयोजना समाप्ति पश्चात प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रले समन्बयात्मक रुपमा सवलीकरण तथा प्रवद्र्धन गर्ने कार्यमा एकजुट हुन आवश्यक रहेको छ । बीउ बिजन नियमन तथा नीतिगत सुधारमा निजी क्षेत्रलाई संलग्न गराई व्यवसायमैत्री वातावरण सिर्जना गरी तीनखम्वे नीति अनरुप समन्वयात्मक रुपले बीउ प्रवद्र्धन गर्न आवश्यक रहेको छ भन्ने यस गोष्ठीको निष्कर्ष रहेको थियो ।