बीउ व्यवसाय व्यवस्थापन तालिम सम्पन्न

नेपाल सीड एण्ड फर्टीलाईजर प्रोजेक्ट, नेपाल कृषि अनुसन्धान परिषद तथा नेपाल बीउ व्यवसायी संघको संयुक्त आयोजनामा बीउ व्यवसाय व्यवस्थापन तालिम मिति २०७५ साल वैशाख १० देखि १२ गते (३ दिन) सम्म समिट होटेल ललितपुरमा सञ्चालन भएको थियो ।
उक्त तालिममा नेपाल सीड एण्ड फर्टीलाईजर प्रोजेक्टका चीफ अफ पार्टी डा. देउतीमान चौधरी, सीड सिस्टम लिड डा अब्दुरहमान बसिर, सीड सिस्टम अफिसर डा. हरि कुमार श्रेष्ठ, व्यवसाय विकास विज्ञ डा. नारायण प्रसाद खनाल, डा, डिल्ली केसी, युएसआईडीका श्री नविन हाडा, नेपाल बीउ व्यवसायी संघका अध्यक्ष श्री लक्ष्मीकान्त ढकाल, तालिम प्रशिक्षक डा. जोनम्याक रोवर्ट (पुर्व सीड सिस्टम विशेषज्ञ सिमिट), हाल कार्यकारी निर्देशक मुकुसी सीड कम्पनी जिम्बाव्वे र निर्देशक बीउ विजन गुणस्तर नियन्त्रण संघ दक्षिण अफ्रिका, नेपाल तथा पाकिस्तानी बीउ विजन उत्पादक तथा व्यवस्थापकहरु रहेका थिए ।

तालिम ३ दिन सम्म सञ्चालन भएको थियो । तालिमका विषय वस्तु विशेष गरि हाईव्रिड मकै वीउ उत्पादन, व्यवस्थापन, वजारीकरण तथा गुणस्तरीय बीउ कसरी बनाउने र नेपालमा हाईव्रिड मकैको वीउ उत्पादनमा चुनौति, सम्भावना, हालको अवस्था र आगामी दिनमा कस्तो कार्यक्रम बनाउन जरुरी छ भन्ने विषयमा व्यापक छलफल गरिएको थियो ।
अन्तिम दिन अर्थात समापन समारोहमा यो तालिमलाई अझ व्यवहारिक बनाउन तालिम कार्यक्रमलाई निरन्तरता दिईनु पर्ने, शैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा जोड दिईनु पर्ने भन्दै तालिम अत्यन्त व्यवहारिक, प्रशिक्षकव्दारा कुशलतापुर्वक प्रशिक्षण दिनु भएकोमा मुग्ध कण्ठले सराहना गर्दै तालिम कार्यक्रम समान गरियो ।