राष्ट्रिय बीउ बिजन कार्यशाला गोष्ठी सम्पन्न

किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम ९प्ग्द्यप्०÷कृषि उद्यम केन्द्र ९ब्भ्ऋ० को आर्थिक सहयोग तथा नेपाल बीउ व्यवसायी संघको आयोजनामा सोल्टी होटल, कालिमाटी, काठमाडौंमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीज्यूको प्रमुख आतिथ्यता र नेपाल बीउ व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री लक्ष्मीकान्त ढकालज्यूको अध्यक्षतामा मिति २०७६÷०३÷२० गते एक दिने राष्ट्रिय बीउ विजन बिचार ९ल्बतष्यलब िक्भभम क्थmउयकष्गm० गोष्ठी भव्यताका साथ सम्पन्न भएको छ ।
यस अन्तरक्रिया गोष्ठीमा विशिष्ठ अतिथिहरुमा डा. टेकबहादुर गुरुङ, कार्यकारी निर्देशक नेपाल कृषि अनुसन्धान परिषद र श्री मदन थापा, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र, राष्ट्रिय बीउ बिजन समिति सदस्य तथा संघका निवर्तमान अध्यक्ष श्री मित्रराज दवाडी, कृषि उद्यम केन्द्रका प्रमुख डा. हरि शर्मा, नेपाल कृषि अनुसन्धान परिषदका बाली तथा वागवानी निर्देशक डा. दीपक भण्डारीज्यू, राष्ट्रिय बीउ बिजन समितिका सदस्यहरु डा. कृष्णप्रसाद पौडेल, श्री डिलाराम भण्डारी, के.यु.बि.के. का बीउ बिशेषज्ञ श्री लिलाराम पौडेल, कृषि उद्यम केन्द्रका कार्यक्रम संयोजक डा. दिनेश प्रसाद पराजुली, विभिन्न कार्यालयका पदाधिकारीहरु, जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने बीउ उत्पादक कृषकहरु, गैह« सरकारी संस्थाका प्रतिनिधिहरु र बीउ व्यवसायीहरु (उत्पादक, बिक्रेता तथा बीउ आयातकर्ता) गरी जम्मा ४७ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

सहभागीहरुको आसन ग्रहण पश्चात संघका वरिष्ठ उपाध्यक्ष श्री मणिदेव भट्टराईज्यूले सहभागीहरुलाई स्वागत मन्तव्य र कार्यक्रमको उद्देस्यहरुबारे प्रकाश पार्नुभएको थियो भने राष्ट्रियगान, सहभागीहरुको परिचय पश्चात गोष्ठीका प्रमुख अतिथि डा. युवकध्वज जीसीज्यूबाट राष्ट्रिय बीउ बिजन कार्यशाला गोष्ठीको विधिवत रुपमा समुदघाटन गरी कार्यक्रम सन्चालन गरिएको थियो ।
यस गोष्ठीमा तीनवटा कार्यपत्रहरु प्रस्तुतीकरण गरिएको थियो । कार्यपत्र प्रस्तुतीकरण पश्चात सहभागीहरु उत्साहका साथ छलफलमा भाग लिनुभएको हुंदा कार्य तालिकामा समूह विभाजन र प्रस्तुतीकरण कार्य स्थगित गरिएको थियो । सहभागीहरुबाट उठेका सवालहरुमा कार्यपत्र प्रस्तोताहरुले स्पष्ट जवाफ दिनुभएको थियो । छलफलवाट निकालिएको निष्कर्शमा निजी क्षेत्र बीउ व्यवसायमा अगाडि बढिरहे तापनि बीउ विजन नीति तथा नियमहरु समय सापेक्ष बनाई बढी उत्पादन दिने बाली जातहरु (खुला सेचित÷वर्णशंकर) विकास नहुंदासम्म आयात गरिनुपर्ने बाध्यता रहेको छ । यस्को लागि नियमनकारी निकायले बीउ विजन नीति तथा नियमहरु समय सापेक्ष बनाई व्यवसायी मैत्री वातावरण निर्माण गरिनुको साथै जात सूचीकरण प्रक्रियालाई परिमार्जन गरी सहज बनाउनु पर्ने आवश्यक छ । के.यु.बि.के. जिल्लाहरुमा सञ्चालित सवल कार्यक्रमलाई सबै सरोकारवालाहरुले आत्मसात गरी निरन्तरता दिनु जरुरी छ । किनकि, यस कार्यक्रमबाट बीउ प्रतिस्थापन दर तथा गुणस्तर बीउ आपूर्तिमा वृद्धि भई आयात प्रतिस्थापन भएकोे छ ।

कार्यपत्र प्रस्तुतीकरण र छलफल पश्चात विशिष्ठ अतिथिज्यूहरुबाट मन्तव्य दिने क्रममा कृषि उद्यम केन्द्रका कार्यकारी निर्देशक डा. हरि शर्माज्यूले सरकारी तथा निजीक्षेत्र समन्वयतामक रुपमा गएमा मात्र ठोस प्रतिफल पाउन सकिन्छ र के.यु.बि.के. बाट सिकेका सिकाईहरुलाई आत्मसात गरी सबै सरोकारवलाहरुले आगामी कार्यक्रममा अवलम्बन गरिनुपर्छ । यसै गरी बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख श्री मदन थापाज्यूले के.यु.बि.के. का समाप्ति पश्चात त्यहांवाट उपलव्ध भएका सफल सिकाइृहरु अन्य निकायबाट सञ्चालित कार्यक्रममा निरन्तरता कसरी दिन सकिन्छ भन्नेबारे सोच्न जरुरी छ भन्नु भयो । उहांले बीउ श्रृंखला कायम नहुंदा स्रोत बीउ खेर गैरहेकोले सो कार्यलाइृ कार्यान्वयन गर्न बीउ विजन अडिटमा जोडदिनु पर्ने कुरा राख्नु भएको थियो । बीउ बिजनन नियमन तर्फ सूचीकरण तथा अभिलेख राख्ने विषयमा अन्योलता रहेकोले स्पष्ठ हुनु आवश्यक रहेको र समयानुसार ऐन नियम परिमार्जन गर्दै लगिने छ भन्ने भनाई राख्नुभएको थियो । त्यस्तै गरि, कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डा. टेकबहादुर गरुङज्यूले मन्तव्य दिने क्रममा अनुसन्धानबाट कृषकको माग अनरुपका जातहरु विकास हुन नसकेकोे अवस्था रहेको छ, अझ भन्ने हो भने, तरकारी बालीमा कमजोर जातीय विकास कार्यहरु निकै नै कमजोर भएको हुदा यस क्षेत्रलाई सवल बनाउन अति जरुरी छ । यसका लागि हामी सबै सरोकारवाला निकायहरु समन्वयात्मक रुपमा अगाडि बढनुपर्दछ भन्ने भनाई पनि राख्नु भएको थियो । मन्तव्यको क्रममा कार्यक्रमका प्रमुख अतिथि डा. युवकध्वज जीसीज्यूले बीउ क्षेत्रको महत्वबारे प्रष्ट पार्दै तीन खम्बे नीति अवलम्बनमा हामी सबै मिलेर जानुको विकल्प छैन भन्नु भयो । उहांले कृषि अनुसन्धानको उत्पादकत्व वृद्धि गर्ने, अन्य सरोकारवालाहरुको उत्पादन बृद्धि गर्ने उद्देश्य रहेको हुन्छ भने मन्त्रालयको गुणस्तर उत्पादन र आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको हुन्छ भन्ने करा पनि स्पष्ठ गर्नु भयो । बीउको क्षेत्रबाट विकासको लागि कृषि अनुसन्धानमा रहेका कमी कमजोरीहरुलाई सम्बोधन तथा आवश्यक सहयोग गर्नको लागि मन्त्रालय सदैव तयार भए तापनि यसका लागि कृषि अनुसन्धान, नियमनकारी निकाय र निजी क्षेत्रबाट पहल गरिनुपर्छ भन्ने भनाई राख्नुभएको थियो । अन्तमा, गोष्ठीका सभाध्यक्ष श्री लक्ष्मीकान्त ढकालज्यूले गुणस्तर बीउको प्रयोगमा वृद्धि तथा आयात प्रतिस्थापन गर्नको लागि सबै सरोकारवालाहरु समन्वयात्मक रुपले प्रतिवद्धताका साथ अगाडि वढ्न सकिएमा मात्र देश समृद्ध हुनसक्ने भनाई राख्नु हुंदै यो राष्ट्रिय बीउ बिजन कार्यशाला गोष्ठी सफल भएको छ र कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबै सहभागीहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नुभएको थियो ।ई धन्यवाद दिदै कायक्रमको समापन गर्नुभएको थियो ।