२० औ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बीउ व्यवसायीसंघले फाल्गुण ११ गतेसंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्री मणिदेव भट्टराईज्युको अध्यक्षता तथा भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका माननिय मन्त्री श्री लेख बहादुर थापाज्युको प्रमुख आतिथ्यता, राष्ट्रिय योजना आयोगका माननिय सदस्य डा. दिल बहादुर गुरुङज्युको विशिष्ठ आतिथ्यतामा गण्डकी प्रदेशको राजधानी पोखरामा संघको २० औ साधारण सभा भव्यताका साथ सुसम्पन्न भएको छ ।यस वार्षिक सधारण सभामा संघका निवर्तमान अध्यक्ष्य मित्र राज दवाडी, भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव श्री शरदचन्द्र श्रेष्ठ, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख मदन थापा,कृषि विकास निर्देहनालय पोखराका निर्देशक श्री बिमल थापा, संघका पुर्व अध्यक्ष श्री दुर्गा प्रसाद दहाल,कृषि अनुसन्धान केन्द्र मालेपाटन पोखराका प्रमुख श्री तिर्थराज पोखरेल,पोखरा महानगरपालिका का कृषि प्रमुख मनोहर कडरिया,उद्योग बाणिज्य संघ लेखनाथका श्री बलराम ढकाल सबै प्रदेशका नेपाल बीउ व्यवसायी संघ प्रदेश स्तरिय कार्य समितिेबाट ५ जना पदाधिकारी, पुर्व केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु र आयोजक जिल्लाबाट समेत जिल्ला समन्वय समितिका पदाधिकारीहरुको उपस्थीती रहेको थियो ।
संपुर्ण उपस्थीत महानुभावहरुमा सभाका अध्यक्ष श्री मणिदेव भट्टरार्यज्युले स्वागत मन्तव्यका साथै संघले खेल्नु पर्ने भुमिका, बीउ व्यवसायीहरुको संघ प्रतिको दायित्व विषयमा संघको भनाई राख्नु भएको थियो । प्रमुख अतिथी एवंम भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका माननिय मन्त्री श्री लेख बहादुर थापाज्युले संघले गरेको प्रगती तथा भुमिकाको चर्चा गर्नुहुदै गण्डकी प्रदेशमा रहेको कृषि क्षेत्रको संभावना र मन्त्रालयले लिएको विकास रणनीतिबारे चर्चा गर्नु हुदै प्रदेश सरकार नीजि क्षेत्रसंग समन्वय गरी कृषि क्षेत्रको लगानीलाई बृद्धि गरिने छ र योजना तर्जुमा गरिदा कृषि अनुसन्धान,उत्पादन, गुणस्तर र बजारीकरणमा प्रथमिकता दिइने छ भन्ने कुरामा जोड दिनु भएको थियो । राष्ट्रिय योजना आयोगका माननिय सदस्य डा. दिल बहादुर गुरुङज्युले कृषि उत्पादन बृद्धिमा बीउको अतिनै महत्वपुर्ण योगदान रहने हुदा आगामी १५ औ पञ्च वर्षिय योजनामा यस क्षेत्रलाई प्राथमिकता दिई नीतिगत रुपमा व्यवस्था गरिु योजना तर्जुमा गरिने छ भने कृषि अनुसन्धान, शिक्षा, कृषि प्रसारलाई एकिकृत रुपमा लैजान १५ औ पञ्च वर्षिय योजनाको लक्ष रहेको छ । यसै गरी भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव श्री शरद चन्द्र श्रेष्ठले प्रदेशका कृषकहरुलाई बर्गिकरण गरी सूचिकरण कार्य भैरहेको साथै कृषि उत्पादन लागत कसरी घटाउन सकिन्छ मन्त्रालय आवस्यक पुर्वाधार निर्माण र व्यवस्थापनमा लागिपरेको हुदा बीउ व्यवसायीहरुले कृषकको हितमा जोड दिनु पर्ने भनाई राख्नु भएको थियो । निवर्तमान अध्यक्ष मित्रराज दवाडीज्युले हाम्रो पेशा बीउ व्यवसासायी हुदै गर्दा हामी यो देशका नागरिक पनि हौ र सेवा गरी नाफा कमाउने हामी व्यवसायीको उद्देश्य पनि हो । सरकारले व्यवसायी मैत्री वातवरण तयार गरि स्थानिय कृषकहरुले उत्पादन गरेको गुणस्तरयुक्त बीउहरु बजारीकरणको लागि व्यवसायीहरु सधै बीउ खरिद गर्न तत्पर रहेको कुरामा जोड दिनु भएको थियो भने बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख श्री मदन थापाज्युले देश बीउमा परनिर्भरता तर्फ उन्मुख रहेको अवस्था छ भने आयातित बीउमा पनि खुला सेचित बीउहरु (केराउ, धनिया,सिमी, बोडी) ७० देखि ७२ प्रतिशत रहेको छ जुन बीउहरु देशमानै उत्पादन गर्न सकिन्छ यस बिषयमा सबै सरोकारवालाहरुले गम्भीरताका साथ सोच्नुपर्ने भएको छ । संघिय बीउ बिजन ऐन संशोधनको क्रममा रहेको ऐनलाई समय सपेक्ष आवश्यकता अनुसार सहजीकरण गरिदै लगिने भनाई राख्नु भएको थियो ।
स्थानिय स्तरमा कृषकलाई प्रविधी तथा सेवा दिने पहिलो निकाय बीउ व्यवसायीहरु भएको हुदा बीउ बजारलाई व्यवस्थीत गरिनुपर्ने भनाई कृषि विकास निर्देशनालयका निर्देशक श्री बिमल थापाले भनाई राख्नुभएको थियो । उदघाटन सत्र समापन गरी बन्द सत्रमा माहासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुती साथै आगामी वर्षको कार्यक्रम प्रस्तुती तथा साधारण सभाले सबै प्रतिवेदन पारित गरी साधारण सभाको समापन गरिएको थियो ।